सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति समाजद्वारा नेपालस्थित राष्ट्रसंघ कार्यालय अगाडि प्रदर्शन

मङ्गलबार, १४ कात्तिक २०८०, १४ : ३९
मङ्गलबार, १४ कात्तिक २०८०

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले मंगलबार दिउँसो नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालय पुल्चोक अगाडि शान्ति समाजले आधा घण्टा प्रदर्शन गरेको छ । युद्धग्रस्त गाजामा नागरिकहरुको जीवन रक्षाको लागि प्रभावकारी कदम चाल्न र हमासले बन्धक बनाएका विपिन जोशी लगायत सबै बन्धकहरूको शीघ्र रिहाइका लागि पहल गर्न संयुक्त राष्ट्रसंघलाई आग्रहसहित प्रदर्शन गरेको हो ।

मानव अधिकार तथा शान्ति समाजले हमासको आतङ्क र इजरायलको बर्बरताको निन्दा गर्दै आएको छ । हमासको आतङ्क र इजरायलको बर्बरता, दुवै विश्व शान्तिका लागि खतरा भएको धारणा शान्ति समाजको रहेको छ  ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापतिहरू होमकान्त चौलागाई  र डा. गंगाधर अधिकारी, महासचिव रेनुका पौडेल, सचिव चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्य नम्रता खरेल, काठमाडौँ शाखा सभापति भगवान् पुडासैनी, चितवन शाखा सभापति शम्भु राउत, अधिकारकर्मीहरू बलबहादुर गाहा, जगन्नाथ पुडासैनी, ईश्वर पुडासैनी, नानीकाजी गिरी, तुलसीराम भण्डारी, रमेश बराल, सानु लामा, सुप्रिया सापकोटा, सार्जन चापागाई, लगायत दर्जनौ शान्तिवादीहरुको सहभागिता थियो ।

सोही क्रममा शान्ति समाजका तर्फबाट संयुक्त राष्ट्रसंघका महासचिवलाई लेखिएको पत्र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका अधिकारीलाई हस्तान्तरण गरिएको थियो । 

huron protest (1)huron protest (2)huron protest (4)huron protest (5)huron protest (6)huron protest (7)huron protest (8)huron protest (9)huron protest (10)huron protest (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप