संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्छ : उपेन्द्र यादव
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट छिटो पारित गर्नुपर्ने बताएका छन् ।
शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउन पनि सो विधेयक संसदबाट पारित गर्न ढिलाइ गर्न नहुने उनको भनाई थियो ।
बुधबार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष यादवले तत्कालीन द्वन्द्वरत पक्षहरुबीच भएको सम्झौता कार्यान्वयन गरेर नै शान्ति प्रक्रियालाई टुंगो लगाउनुपर्ने पनि बताए । तत्कालीन द्वन्द्वरत पक्षहरु गम्भिर नभएकै कारण शान्ति प्रक्रियाको बाँकी कामअझै टुंगोमा पुग्न नसकेको बताए ।
अध्यक्ष यादवले शान्ति पक्रियालाई टुंगोमा पुट्टयाउन बेपत्ता छानबिन आयोगको कामलाई पनि छिटो अघि बढाउनुपर्ने आवश्यक्ता औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण