विश्व मञ्चमा नेपालको निरीह कूटनीति
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाको क्षेत्रीय निर्देशक पदका लागि भएको चुनावमा नेपालले लज्जास्पद हार बेहोरेको छ । भारतको नयाँ दिल्लीमा बुधबार अपराह्न भएको चुनावमा नेपालका तर्फबाट उम्मेदवार रहेका शम्भुप्रसाद आचार्यले खसेको १० मतमा २ मात्र पाए । उनका प्रतिस्पर्धी बंगलादेशका उम्मेदवार प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा बाजेद ८ मत प्राप्त गरी विजयी भइन् ।
गोप्य मतदानमा यस क्षेत्रका स्वास्थ्यमन्त्रीहरूले भाग लिएका थिए । डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा नेपाल, भारत, भुटान, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया, मालदिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड र टिमोर लिस्टे सदस्य छन् । मतदानमा सैनिक शासन भएको देश म्यान्मारबाहेक १० सदस्य राष्ट्र सहभागी भए ।
प्रतिस्पर्धात्मक क्षमता राखेका आचार्यको हारले क्षेत्रीय स्तरमा नेपालको कूटनीतिक क्षमता अत्यन्त कमजोर र निरीह देखिएको छ । ‘यो मत परिणामले यस क्षेत्रमा कूटनीतिक हिसाबले नेपाल अत्यन्त कमजोर र निरीह देखिएको छ,’ डब्लुएचओ क्षेत्रीय कार्यालयमा कार्यरत एक नेपाली अधिकारीले भने । नेपालले यसअघि आफ्नो पक्षमा रहेका भारत र थाइल्याण्ड जस्ता सहयोगी देश पनि गुमाएको ती अधिकारीले बताए ।
एसिया क्षेत्रीय निर्देशक पदका लागि आचार्यको अनुभव र दक्षताअगाडि बाजेद कमजोर थिइन् तर बंगलादेशको बलियो कूटनीतिक लबिङका कारण उनले सफलता हात पारिन् । अटिजम रोगको उपचारका लागि पैरबी गर्दै आएकी बाजेद डब्लुएचओको मानसिक स्वास्थ्य विषयको सल्लाहकार समूहकी सदस्य थिइन् । उनले फेब्रुअरी १ तारिखदेखि ५ वर्षे कार्यभार सम्हाल्नेछिन् । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण