नियमित पत्रकार सम्मेलन
‘हिउँदे अधिवेशनबाट टीआरसी विधेयक पारित गर्न दलहरू सहमत’
बिहीबार, १६ कात्तिक २०८०, १४ : २८
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले संक्रमणकालसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्नेगरी दलहरूबीच सहमति भएको बताएका छन् । बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले टीआरसी विधेयक संसदीय समितिमा छलफल भइरहेको भन्दै उनले हिउँदे अधिवेशनमा संसदबाट पारित हुने बताएका हुन् ।
‘शान्ति प्रक्रिया अहिले महत्त्वपूर्ण विषय हो । यसलाई टुंग्याउन शीर्ष नेताहरूसँग छलफल भइरहेको छ । टीआरसी विधेयक अहिले संसदीय समितिमा छलफल भइरहेको छ । हिउँदे अधिवेशनबाट पारित गर्न दलहरूबीच सहमति भएको छ’, उनले भने ।
हिउँदे अधिवेशन बोलाउनकै लागि सरकारले संसद्को अधिवेशन अन्त्य गर्ने निर्णय गरेको उनले बताए । सहमितमै शान्ति प्रक्रिया टुंग्याउनु दलहरूको दायित्व भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण