युएनका महासचिवको नेपाल भ्रमण विशेष र अर्थपूर्ण छ : माओवादी केन्द्र
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनो गुटरेसको नेपाल भ्रमणले बहुआयमिक र विशेष अर्थ राखेको बताएको छ । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित पत्रकार सम्मेलन गरी विशेष परिस्थितिमा गुटरेसको नेपालको भ्रमण हुनु गौरवको विषय भएको बताएको हो ।
‘बुद्ध जन्मेको भूमिबाट विश्वशान्तिको अपिल गर्नु गौरवका विषय हो । त्यस्तै विश्वले भोगेको जलवायु परिवर्तनको समस्यालाई लिएर सगरमाथा र अन्नपूर्ण क्षेत्रमा पुगेर स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्नु दुर्लभ घटना हो’, पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘त्यसका साथसाथै नेपालको शान्ति प्रक्रिया निकै पेचिला र जटिल मुद्दाहरू समाधान भइसकेको छ । तर पनि निष्कर्षमा पुगेका छैन । हामी शान्ति प्रक्रियामा आइसकेपछि ४ चारवटा निर्वाचन भइसकेको छ । यसले पनि नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले टुङ्गो लागेको पुष्टि भएको छ । अब पीडित पक्षलाई ध्यानमा राखी अन्तर्राष्ट्रिय पक्ष, राष्ट्रिय दृष्टिकोण राखेर बाँकी काम पुरा गर्न महासचिवको भ्रमणले धेरै योगदान गरेको छ ।’
शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन महासचिवको भूमिका महत्त्वपूर्ण रहने उनले बताए । सङ्घीय संसदमा उनले बोलेको कुरा सान्दर्भिक रहेको भन्दै उनले सबै गतिविधिले नेपालप्रति गुटरेसको निकै लगाव रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण