पक्राउ परेका रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने
काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल ११ वर्ष भन्दा बढी जेल बस्नुपर्ने भएको छ । सर्वोच्चको फैसलाअनुसार उनी अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने भएको हो । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् ।
बिहीबार नै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको थियो ।
संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।
चेतन मानन्धरको हत्या गरिएको मुद्दामा बाँके जिल्ला अदालतबाट २०७५–१–११ मा र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट २०७६–१०–२८ मा भएको फैसला अनुसार ढकाललाई जन्मकैद (वीस वर्ष कैद) हुने भनी ठहर भएको थियो । सो मुद्दाका सन्दर्भमा रिगल ढकाल २०७२–५–७ देखि थुनामा रहेका थिए भने २०८० साल असोज ३ गतेको संविधान दिवसको सन्दर्भमा निजलाई रिहा गर्दा बाँकी कैद ११ वर्ष ११ महिना ५ दिन भुक्तानी हुनै बाँकी थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण