राजधानीको भोटेबहालबाट ६ लाख बराबरको धनमाल चोरी
शुक्रबार, १७ कात्तिक २०८०, १४ : ०१
काठमाडौं । काठमाडौंको भोटेबहालबाट ६ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका–१२ भोटेवहाल डेरा गरी बस्ने म्याग्दी घर भएका ४९ वर्षीय चक्र बहादुर तुलाचनको कोठाबाट धनमाल चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
डेरामा कोही नभएको अवस्थामा ताल्चा फुटाई विभिन्न सुन तथा चाँदीका गरगहना र नगद २ लाख ७० हजार रूपैयाँ समेत गरी करिब ६ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
बिहीबार दिउँसो भएको सो चोरीमा संलग्न आरोपीतहरु फरार छन् । उनिहरुको खोजी भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
-
सिंगापुरमा नेपाल र हङकङबिच उपाधि भिडन्त
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण