भूकम्प पीडितहरुको उद्धार कार्यमा युद्धस्तरमा लाग्न खनालको आग्रह
काठमाडौँ । नेकपा एकीकृत समाजावादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारको सवै संयन्त्र भूकम्प प्रभावितहरुको राहत र उद्धारमा परिचालन गर्न माग गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गर्दै नेता खनालले विपदको अवस्थामा तीनै तहका सरकारहरु, सबै राजनीतिक पार्टीहरु र सामाजिक संघसंस्थाहरु हर प्रकारले सक्रिय हुन भनेका हुन् । ‘घटनाक्रमको अध्ययन गर्न,तथ्यहरूको सङ्कलन गर्न र जनताको उद्धार कार्यमा एक मिनेट पनि ढिलो नगरी लागि हाल्न हामी सबैको अत्यन्त जरुरी कार्यभार बनेको छ’, खनालले भनेका छन्, ‘त्यसैले म सरकारलाई आफ्नो सम्पूर्ण प्रशासनिक निकायहरु तुरुन्त परिचालन गर्न, साधन स्रोतहरु जुटाउन, उद्धार सामग्रीहरूको बन्दोबस्त गर्न र मृत्यु भएका र आपतमा परेका जनतालाई तत्काल राहत र उद्धार उपलब्ध गराउन तथा सबै तहका विपद व्यवस्थापन निकायहरुलाई सक्रिय बनाउन, मृतकहरुको दाहसंस्कार गराउन, उनीहरुका परिवारलाई आवश्यक राहत र सहयोग उपलब्ध गराउन, स्वास्थ्यकर्मीहरुको प्रभाबकारी परिचालन गर्न, घाइतेहरूको तत्काल उपचार गराउन, घरबार विहिनहरुलाई गाँस बासको व्यवस्था गर्न र यस विपदबाट जनतालाई सामाजिक–आर्थिक रुपले पनि मुक्त पार्न आवश्यक भौतिक सहयोग समेत उपलब्ध गराउन हाम्रो पार्टीको तर्फबाट म सरकारसँग जोडदार माग गर्न चाहन्छु ।’
उनले विपतको घडीमा कुनै प्रकारले पनि ढिला ढाला गर्ने काम नगर्न र खवरदारी समेत गरेका छन् । गएराति जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाएर गएको ६।४ रेक्टर स्केलको भूकम्पमा १३२ भन्दा बढीको ज्यान गइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण