कांग्रेस र कम्युनिस्टकै कारण देशमा आर्थिक समस्या उत्पन्न भयो : यादव
रौतहट । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेताहरूको गलत नीतिको कारण मुलुकमा संविधानले पूर्णता पाउन नसकेको तथा ८ वर्षदेखि अपुरो रहेको टिप्पणी गरेका छन् ।
पार्टी जिल्ला कमिटी रौतहटद्वारा दीपावली छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्टकै कारण देशमा आर्थिक समस्या उत्पन्न भएको जिकिर गरेका हुन्।
देशमा ३४ वर्षदेखि शासन गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीको कारण संविधान पूर्ण रुपमा कार्यान्वयन नहुँदा शिक्षा स्वास्थ्यका साथै देशका सरकारी उद्योगहरूको अवस्था खराब भएर बेरोजगारी समस्या बढेको उनले दाबी गरेका थिए।
कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवले प्रदेश प्रहरी र प्रदेश निजामती कर्मचारी ऐन कार्यान्वयनको लागि संघीय सरकार विरुद्ध माइतीघरमा धर्ना बस्ने दोहर्याएका छन् ।
उनले प्रदेश प्रहरी र कर्मचारी समायोजनको लागि संघीय सरकार माथि दबाब दिन प्रदेशका १०७ जना सदस्य सहित यही कार्तिक २२ गतेदेखि माइती घरमा धर्ना दिने उद्घोष गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण