लोकगायिका तीर्थकुमारीको एकल सांगीतिक साँझ हुने
काठमाडौँ । वरिष्ठ लोकगायिका तीर्थकुमारी थापाको पहिलो एकल सांगीतिक साँझ आयोजना हुने भएको छ । आगामी मंसिर ८ गते राष्ट्रिय नाचघरमा आयोजना हुने एकल साँझ अन्नपूर्ण चेम्बर अर्केस्टाले आयोजना गर्न लागेको हो ।
आयोजक अर्केस्टाले राजधानीमा एक कार्यक्रमकाबीच एकल साँझको जानकारी गराएको हो । साँझको काठमाडौँ प्रज्ञाकुञ्ज स्कुल र तुलसीभक्त कन्ट्रक्सन प्रा.लि. सह–आयोजक रहेको छ । ‘तीर्थकुमारी स्वर्णिम साँझ २०८०’ ले सामाजिक सशक्तीकरण, सामाजिक जिम्मेवारी र सांस्कृतिक प्रवद्र्धनमा समेत प्रेरणा दिन सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।
५ दशक बढी समयदेखि नेपाली लोकगीतमा निरन्तर क्रियासिल गायिका थापाका ‘म त खाँदिन कुवाँको पानी हो’, ‘ढुङ्गे बगर माया’, ‘झम्के फूली नाकैमा बुलाकी’, ‘उकालीमा पनि हजुर मोटर जादो रैछ’, ‘बारीको डिलमा ओखरबोट’, ‘माछी मार न हे दाई हो’ लगायतका थुप्रै गीत लोकप्रिय छन् । गायिका थापाले एकल साँझमा आफ्ना नयाँ र पुराना गरेर चर्चित २ दर्जन गीत प्रस्तुत गर्ने बताइन् ।
गायिका थापाको छोरा तथा संगीतकार सुरज थापाले एकल साँझलाई भव्य बनाउन कुनै कसर बाँकी नराख्ने जानकारी दिए । ‘आमाको सपना एकल साँझ गर्ने थियो । यसलाई पुरा गर्न पाउँदाको खुशी शब्दमा व्यक्त गर्न सक्दिन’ उनले थपे, ‘कार्यक्रममा आमासँग युगल गायनका लागि पुराना गायक नै प्रस्तुत गर्नेछौँ ।’
२०२८ मा रेडियो नेपालबाट गायन र संगीत यात्रा सुरु गरेकी गायिका थापाको हालसम्म एक हजार भन्दा बढी गीतहरु रेकर्ड छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण