शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

१० हजार जना पार्टी प्रवेश गरेको एकीकृत समाजवादीको दाबी, ३ लाख ७५ हजारसँग भेटघाट

सोमबार, २० कात्तिक २०८०, १५ : ३२
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले असोज १४ देखि २८ गतेसम्म सञ्चालन गरेको मेची महाकाली जागरण अभियान अन्तर्गत १० हजार बढी अन्य पार्टीका नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी गरेको छ । 

सोमबार बसेको ६८ औँ सचिवालय बैठकले जागरण अभियानको समीक्षा गर्दै अभियानका क्रममा १० हजार २७४ भन्दा बढी मानिसहरू पार्टी प्रवेश गरेको जनाएको हो । साथै बैठकले अभियान उपलब्धिमूलक भएको निष्कर्ष पनि निकालेको छ । अभियानका क्रममा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ लाख ७५ हजार नागरिकसँग भेटघाट भएको पनि सो पार्टीले जनाएको छ । 

‘समाजवादी जागरण अभियानको समीक्षाका क्रममा हाम्रो पार्टीले छोटो समयमा गरिए पनि निकै प्रभावकारी भएको, समाजवादका एजेन्डा जनताकाबिचमा लैजान सफल भएको, रोजगारी, सुशासन र सम्मृद्धिका लागि १२ सय किलोमिटर अभियान सञ्चालन गरेको’, बैठकको समीक्षा सुनाउँदै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘समाजवादी व्यवस्थाको प्रचार र समाजवादी चेतनाको विस्तारमा ऐतिहासिक कार्य गरेको ठहर गरेको छ ।’

बैठकले एकीकृत समाजवादीको आगामी माघ १४ गतेबाट सुरु हुने राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप