बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

के हो 'डीपफेक' ? यसले कसरी गर्छ मान्छेको बदनाम ?

मङ्गलबार, २१ कात्तिक २०८०, ११ : ४८
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । भारतीय अभिनेत्री रश्मिका मन्दना अहिले चर्चामा छिन् । रश्मिकाको 'डिपफेक' भिडियो भाइरल बनेपछि उनको चर्चा चुलिएको हो । यो घटनापछि उनी डराएकी छिन् । आफ्नो जस्तो समस्या अरूले झेल्न नपरोस् भनेर उनले यसको समाधान खोज्न अपिल पनि गरेकी छिन् ।

 यो आफ्नो लागि मात्रै नभएर सबैका लागि निकै भयानक भएको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा रश्मिकाले लेखेकी थिइन् । अहिले डिपफेकको दुरुपयोग जसरी भइरहेको छ, यसले सबैलाई निकै ठुलो क्षति हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेकी थिइन् । अहिले बलिउडमा रश्मिकाको समर्थनमा अमिताभ बच्चनदेखि मृणाल ठाकुर लगायत कलाकारहरू अगाडि आइरहेका छन् ।

के हो त डीपफेक ?

यो एउटा प्रविधि हो- जसमा एआईको प्रयोग गरेर भिडियो, फोटो र अडियोमा हेरफेर गर्न सकिन्छ । यो प्रविधिको मद्दतले एउटा व्यक्तिको भिडियो वा फोटोमा अर्को व्यक्तिको अनुहार राख्न मिल्छ । सामान्य भाषामा भन्नु पर्दा यसमा एआईको प्रयोग गरेर कसैको बदनाम गर्ने उद्देश्यले फेक भिडियो बनाइन्छ । झट्ट हेर्दा यी फोटो रियल जस्तै देखिन्छन् । यसैले यसको नाम डीपफेक राखिएको हो । डिपफेक शब्दको प्रयोग सन् २०१७ मा शुरु भएको थियो । त्यतिबेला एउक जना रेडिट युजरले अश्लील भिडियोमा अनुहार बदल्न यो प्रविधिको उपयोग गरेका थिए । पछि रेडिटल डीपफेक पोर्नमाथि नै प्रतिबन्ध लगाइदियो ।

कसरी काम गर्छ यो प्रविधिले ?

यो अलि जटिल खालको प्रविधि हो । यसका लागि मेशिन लर्निङ अर्थात् कम्प्युटरमा दक्षता चाहिन्छ । यसलाई दुई वटा एल्गोरिदम डिकोडर र एनकोडर प्रयोग गरेर बनाइन्छ । एनकोडरले सक्कली तस्बिर वा भिडियोको ठ्याक्कै प्रतिलिपि बनाउँछ । डिकोडरले भने कन्टेन्ट सक्कली हो कि नक्कली भनेर पत्ता लगाउँछ । हरेक पटक डिकोडर कन्टेन्टलाई सक्कली हो कि नक्कली भने ठ्याक्कै पत्ता लगाउन सक्छ । भिडियो बनाउने क्रममा भएका त्रुटिहरूलाई यसले एन्कोडरमा पठाइदिन्छ । ताकी अर्को डीपफेक कन्टेन्टमा यस्ता गल्तिहरु सुधारेर त्यसलाई राम्रो बनाउन सकियोस् । यी दुबै प्रक्रिया मिलेर जेनरेटिभ एडभरसरियल नेटवर्क बन्छ । यसलाई जीएनएन भनिन्छ ।

f6bb2d40-7cb9-11ee-b315-7d1db3f558c6

केमा हुन्छ डीपफेकको प्रयोग ?

समाचारहरूका अनुसार यो प्रविधिको सुरुआत अश्लील सामाग्री बनाउनका लागि गरिएको हो । पोर्नोग्राफीमा यो प्रविधिको निकै धेरै प्रयोग हुन्छ । डीपट्रेसको रिपोर्टका अनुसार सन् २०१९ मा अनलाइनमा भेटिएका डीपफेक भिडियोमध्ये ९६ प्रतिशत अश्लील कन्टेन्ट थिए । यसलाई मनोरञ्जनका लागि पनि प्रयोग गरिन्छ । पछिल्ला केही वर्षमा भने विगतका यादहरुमा जीउन पनि यसको प्रयोग भइरहेको छ । मरिसकेका आफन्त साथीभाइको तस्बिरमा अनुहार एनिमेट गरिन्छ । यसको प्रयोग पछिल्लो समय राजनीतिमा पनि हुन थालेको छ ।

डीपफेक हो भनेर कसरी थाहा पाउने ?

डीपफेक कन्टेन्ट चिन्न केही खास कुरामा ध्यान दिन निकै जरुरी छ । पहिलो कुरा पोजिशन हो । डिपफेकमा आँखा र अनुहारको पोजिशनले झुक्क्याउँछ । भिडियोमा आँखा झपक्क हुन्न भने पनि यो डीपफेक कन्टेन्ट हुन सक्छ । भिडियोमा रंग हेरेर पनि डिपफेक पत्ता लगाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप