अपराध
बाँकेको कोहलपुरमा गोली चल्यो, लागु औषध कारोबारी पक्राउ
बिहीबार, २७ वैशाख २०८१, १० : १४
काठमाडौँ । बाँकेको कोहलपुरस्थित चप्पलगौँडा भन्ने स्थानमा गोली चलेको छ । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले बिहीबार बिहान गोली चलाएको हो।
काठमाडौँबाट खटिएको लागु औषध नियन्त्रण ब्युरोको टोलीले कारोबारी सुशील परियारलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । ब्युरोबाट इन्सपेक्टर रुपेश विष्ट र सई बालकृष्ण सञ्जेलको टीमले सो अपरेशन गरेको जनाइएको छ ।
ब्युरोका एक अधिकारीले कारोबारी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको जानकारी दिए । ती अधिकारीका अनुसार परियारसहित अर्का एक कारोबारी पनि पक्राउ परेका छन् । परियारलाई नियन्त्रणमा लिने क्रममा एक राउण्ड गोली चलेको बताइएको छ ।
कारोबारीको साथबाट ११० ग्राम ब्राउन सुगर बरामद समेत भएको ब्युरोले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण