आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी नेता शर्माको पहलमा भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पठाइयो

मङ्गलबार, २१ कात्तिक २०८०, १४ : २०
मङ्गलबार, २१ कात्तिक २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता अनिल शर्माको पहलमा राहत सामग्री संकलन गरेर भूकम्प प्रभावित क्षेत्र  जाजरकोट र रुकुम पश्चिम पठाइएको छ । 

भूकम्पबाट प्रभावित रुकुम पश्चिम र जाजरकोटका जनताको दुःखमा हातोमालो गर्न केही युवा साथीहरुसँग मिलेर राहत संकलन गरेर प्रभावित क्षेत्र पठाइएको उनले बताए । 

भूकम्प प्रभावितलाई सहयोग गर्नका लागि प्रभावित क्षेत्रमा जानभन्दा पनि जो जहाँ छ त्यहीबाट पनि संकलन गरेर पठाउन सकिन्छ भन्ने सन्देश आफूहरुले प्रवाह गरेको उनको भनाइ छ । 

उनका अनुसार जाजरकोटमा १०० थान र रुकुम पश्चिममा १०० थान गरी २०० थान बाक्लो फाइबर सिरक संकलन गरेर भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ । 

अझैपनि राहत संकलनका लागि निरन्तर सहजीकरण भइरहेको भन्दै उनले सोही एनआरएनए अमेरिकाका संरक्षक तथा जनप्रतिशील मन्च अमेरिकाका निवर्तमान अध्यक्ष तिलक केसीले पिडामा छटपटाइ रहेका भूकम्प पीडित जनतालाई १०० पिस फाइवर सिरक उपलब्ध गराएको बताए । 

जाजरकोट केन्द्रबिन्दुर भएर शुक्रबार गएको भूकम्पबाट जनधनको व्यापक क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप