कृष्णको गीत ‘मुटु रेटिन्छ’ मा मिटर ब्याजीका पीडा
बुधबार, २२ कात्तिक २०८०, १० : ५५

काठमाडौँ । पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त गायक कृष्ण गैरेले सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरेका छन् । देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देश गीतले दिएको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटमा चर्चामा छ । १५ हजार भन्दा बढीले यो गीतमा टिकटक समेत बनाएका छन् । गीतमा गायक कृष्णलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । हम गैरेको शब्द, नन्दु परियारको संगीत रहेको गतिमा संगीत संयोजन विनोद बाजुरालीको छ ।
गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाको अभिनय देख्न सकिन्छ । रोशन तामाङको छायांकन रहेको भिडियोमा हुम गैरेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
करिश्मा कपूरका पूर्व पतिको अन्तिम संस्कार दिल्लीमा गरिने
-
किशोरी घाउ
-
भिजिट भिसा प्रकरणलाई त्यत्तिकै छोड्दैनौँ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
-
‘दिल’ को गीत महिलाविरोधी भएको आमिरद्वारा स्वीकार
-
दिल्लीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित
-
शिक्षा क्षेत्रमा देखिएका समस्याहरूमा विगतको नेतृत्व दोषी : कांग्रेस सांसद भण्डारी