कृष्णको गीत ‘मुटु रेटिन्छ’ मा मिटर ब्याजीका पीडा
बुधबार, २२ कात्तिक २०८०, १० : ५५
काठमाडौँ । पछिल्लो समय स्टेज कार्यक्रममा ब्यस्त गायक कृष्ण गैरेले सन्देशमुलक गीत ‘मुटु रेटिन्छ’ सार्वजनिक गरेका छन् । देशमा चलिरहेको मिटरब्याजीका कारण गरिब जनताको कसरी उठिवास भैरहेको छ भन्ने सन्देश गीतले दिएको छ ।
गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जाल टिकटमा चर्चामा छ । १५ हजार भन्दा बढीले यो गीतमा टिकटक समेत बनाएका छन् । गीतमा गायक कृष्णलाई सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् । हम गैरेको शब्द, नन्दु परियारको संगीत रहेको गतिमा संगीत संयोजन विनोद बाजुरालीको छ ।
गीतको भिडियोमा रवि गिरी, निक्स शर्मा, जुनु गुरुङ, अर्जुन भट्टराई, दिनेश भण्डारी, आशा बिश्वकर्मा, विदुर पोखरेल, शरण थामी, आशिष अधिकारी, अनिल भण्डारी, विष्णु थापाको अभिनय देख्न सकिन्छ । रोशन तामाङको छायांकन रहेको भिडियोमा हुम गैरेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण