युक्रेनका सैन्य प्रमुखका सहयोगीलाई जन्मदिनमा ग्रिनेड उपहार, विस्फोटमा मृत्यु
कीभ । जन्मदिनमा उपहारको रूपमा पठाइएको ग्रिनेड विस्फोट हुँदा युक्रेनी सेनाका प्रमुखका एक सहयोगीको मृत्यु भएको छ । प्रमुख भालेरी झालुझ्नीको सहयोगीका रूपमा काम गरिरहेका मेजर जेनाडी चास्टयाकोभको मृत्यु भएको हो ।
उनका एक सहकर्मीले उनलाई जन्मदिनमा विदेशी मोडलका ग्रिनेडहरूको बाकस पठाएका थिए । युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राममा यसबारे जानकारी दिँदै चास्ट्याकोभका १३ वर्ष छोराले ग्रिनेडलाई टिपेर घुमाउन थालेपछि उनले त्यसलाई खोस्दा ग्रिनेड तत्काल विस्फोट भएको थियो ।
‘मेरो सहयोगी र नजिकको मित्रको दुखद परिस्थितिमा निधन भएको छ,’ प्रमुख झालुझ्नीले टेलिग्राममा लेखेका छन् । प्रहरीले उनको अपार्टमेन्टमा थप पाँचवटा विस्फोट नभएको ग्रिनेड फेला परेको थियो ।
घटनामा चास्ट्याकोभका १३ वर्षीय छोरा गम्भीर रूपमा घाइते भएका छन् । उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार उनलाई ग्रिनेड उपहार पठाउने सहकर्मीलाई पत्ता लगाएको र गृह मन्त्रालयबाट यसबारे अनुसन्धान भइरहेको बताएको छ । पछि मन्त्रालयले प्रारम्भिक सूचनाका आधारमा यसलाई ‘दुर्घटना’ भएको बताएको थियो ।–सीएनएन
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण