मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनका सैन्य प्रमुखका सहयोगीलाई जन्मदिनमा ग्रिनेड उपहार, विस्फोटमा मृत्यु

बुधबार, २२ कात्तिक २०८०, १४ : ४२
बुधबार, २२ कात्तिक २०८०

कीभ । जन्मदिनमा उपहारको रूपमा पठाइएको ग्रिनेड विस्फोट हुँदा युक्रेनी सेनाका प्रमुखका एक सहयोगीको मृत्यु भएको छ । प्रमुख भालेरी झालुझ्नीको सहयोगीका रूपमा काम गरिरहेका मेजर जेनाडी चास्टयाकोभको मृत्यु भएको हो ।

उनका एक सहकर्मीले उनलाई जन्मदिनमा विदेशी मोडलका ग्रिनेडहरूको बाकस पठाएका थिए । युक्रेनका गृहमन्त्री इहोर क्लाइमेन्कोले टेलिग्राममा यसबारे जानकारी दिँदै चास्ट्याकोभका १३ वर्ष छोराले ग्रिनेडलाई टिपेर घुमाउन थालेपछि उनले त्यसलाई खोस्दा ग्रिनेड तत्काल विस्फोट भएको थियो ।

‘मेरो सहयोगी र नजिकको मित्रको दुखद परिस्थितिमा निधन भएको छ,’ प्रमुख झालुझ्नीले टेलिग्राममा लेखेका छन् । प्रहरीले उनको अपार्टमेन्टमा थप पाँचवटा विस्फोट नभएको ग्रिनेड फेला परेको थियो ।

घटनामा चास्ट्याकोभका १३ वर्षीय छोरा गम्भीर रूपमा घाइते भएका छन् । उनको उपचार भइरहेको छ । प्रहरीका अनुसार उनलाई ग्रिनेड उपहार पठाउने सहकर्मीलाई पत्ता लगाएको र गृह मन्त्रालयबाट यसबारे अनुसन्धान भइरहेको बताएको छ । पछि मन्त्रालयले प्रारम्भिक सूचनाका आधारमा यसलाई ‘दुर्घटना’ भएको बताएको थियो ।–सीएनएन

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप