बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने एलन मस्कको कम्पनीमा इच्छुकको लर्को

बुधबार, २२ कात्तिक २०८०, १७ : ०६
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको न्यूरोप्रविधि कम्पनी न्यूरालिंकमा यति बेला मानिसहरूको लर्को लागिरहेको छ । न्यूरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपणको परीक्षण सुरु गर्दै छ । यसमा कम्पनीले आँखा नदेख्नेलाई दृष्टि दिने, उभिनै नसक्ने वा हिँड्नै नसक्नेलाई हिँडडुल गराउन खोज्नेछ । यो परियोजनामा सहभागी गराइदिन भन्दै कम्पनीमा आउनेको सङ्ख्या ठूलै छ । मस्कले सन् २०१६ मा खोलेको यो कम्पनीले मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्न बाँकी नै छ । यो परीक्षणमा आगामी वर्ष कम्पनीले ११ जनामा चिप प्रत्यारोपण गर्दै छ  सन् २०३० सम्ममा यो सङ्ख्या २२ हजारभन्दा माथि पुग्ने मस्कको जीवनीका एक लेखक याश्ली भान्सले भनेको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ ।

यो वर्षको शुरुमा अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)ले न्यूरालिंकलाई मानवमा चिप प्रत्यारोपको परीक्षण सुरु गर्ने अनुमति दिएको थियो । यसलाई मस्कले ‘खप्परमा फिटबिट’को रुपमा व्याख्या गरेका थिए । एफडीएले यस अघि मार्चमा भने मस्तिष्क चिपमा जोडिने तार चिप प्रत्यारोपण गरिएको व्यक्तिको टाउकोमा झुन्डिने वा चिप ओभरहिट हुने जस्ता सुरक्षामा चिन्ता व्यक्त गर्दै मानवमा परीक्षण गर्ने न्यूरालिंकको मागलाई खारेज गरेको थियो ।

तर एफडीएबाट सोको अनुमति पाएपछि कम्पनीले सेप्टेम्बरबाटै परीक्षणका लागि सहभागी हुन भर्ना खुलाएको थियो । कम्पनीले यो योजनामा शुरुमा स्पाइनल कर्डमा चोटका कारण चारओटै हात खुट्टा नचल्ने गरी प्यारालाइसिस भएको व्यक्ति खोजेको थियो । कम्पनीले मानव र यन्त्रबीचको सञ्चार आदानप्रदान गर्ने अनि सोचेकै भरमा सन्देश पठाउने वा गेम खेल्न सक्ने गरी व्यक्तिलाई सक्षम बनाउन खोजेको छ । शुरुमा चाहिँ कम्पनीले न्यूरोलोजिक डिस्अर्डर भएका मानिसहरुलाई मद्दत गर्न खोजेको छ । यो परीक्षणमा रुचि देखाउँदै सहभागिता हुन खोज्नेको भिड लागिरहेको भए पनि कम्पनीले अझै पनि आफ्नो पहिलो स्वयंसेवक भेटेको छैन ।

रोबोटले मस्तिष्कभित्र अनेकौँ इलेक्ट्रोरड्ज र सुपरथिन तार जडान गर्न सकोस् भनेर यो परीक्षणमा सर्जनले व्यक्तिको खप्परको टुक्रा निकाल्छन् । यसका लागि केही घण्टा लाग्छ । यसमा खप्परबाट हटाइएको ठाउँ अति नै मसिना ६४ ओटा तारसहितको उपकरण राखिन्छ । तारको मोटाई मानिसको कपालको मोटाइको १÷१४ हुने भान्स बताउँछन् । चिप भने कानको पछाडि हुन्छ । न्यूरालिंकले रोबोटको सहायताले सुँगुर र बाँदर जस्ता अनेकौँ जनावरमा १५५ ओटा यस्तो खालको शल्यक्रिया गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप