शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख शर्माद्वारा २ वटा विधेयक प्रमाणीकरण

शुक्रबार, २४ कात्तिक २०८०, ०८ : ४३
शुक्रबार, २४ कात्तिक २०८०

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका २ वटा विधेयक प्रदेश प्रमुख शर्माले बिहीबार प्रमाणीकरण गरेका हुन् ।  

उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै विधेयकहरू गत असोजमा बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो । 

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख शर्मा समक्ष पेस गरेका थिए । प्रमाणीकरण भएका विधेयकहरूले अब कानुनको रूप लिनेछ । उक्त विधेयकहरू आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेपछि कानुन बन्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप