प्रदेश प्रमुख शर्माद्वारा २ वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले २ वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेशसभाबाट पारित भएका २ वटा विधेयक प्रदेश प्रमुख शर्माले बिहीबार प्रमाणीकरण गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम ती विधेयकहरू प्रमाणीकरण गरेका हुन् । प्रदेश प्रमुख शर्माले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० र प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन् । दुवै विधेयकहरू गत असोजमा बसेको प्रदेशसभा बैठकले पारित गरेको थियो ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले ती विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख शर्मा समक्ष पेस गरेका थिए । प्रमाणीकरण भएका विधेयकहरूले अब कानुनको रूप लिनेछ । उक्त विधेयकहरू आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेपछि कानुन बन्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शकिराको गीत ‘दाई दाई’ चर्चामा
-
बीपी राजमार्ग मुख्य सडक किनाराबाट यातायात सञ्चालनको तयारी
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण