युनानमा माधव नेपालको भाषण : चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा स्वीकार्य छैन (पूर्ण पाठसहित)
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चीन विरोधी गतिविधिमा नेपाली भूमि प्रयोग गर्ने कुरा कुनै हालतमा स्वीकार्य नहुने बताएका छन् । शुक्रवार चीनको युनान प्रान्तमा आयोजित शेयरसङ दि एचिभमेन्ट अफ बेल्ट एन्ड रोड फोरम विषयक चिनियाँ कम्युनिस्ट पार्टीको दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका राजनीतिक पार्टीहरूको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
‘पछिल्लो समयमा समाजवादी चीनलाई आर्थिक तथा सुरक्षाका विभिन्न माध्यम प्रयोग गरी घेरा हाल्ने एवम् कमजोर बनाउने कतिपय क्रियाकलापप्रति हामी सचेत छौँ’, नेता नेपालले भनेका छन्, ‘नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोग मार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई हामीले स्वीकार गर्न सक्दैनौँ ।’
पूर्व प्रधानमन्त्री नेपालले नेपालमा आन्तरिक द्वन्द्व चर्काउने, सैन्य तथा सुरक्षा सहयोगमार्फत भूराजनीतिक रूपमा चीनलाई घेरा हाल्न हाम्रो भूमि प्रयोग गर्ने कुनै पनि कामलाई स्वीकार गर्न नसकिने स्पष्ट पारेका छन् । अध्यक्ष नेपालले बेल्ट एन्ड राेड इनिसिएटिभलाई विशुद्ध सहयोगी प्रयासका रूपमा आफूहरूले लिएको भन्दै यसमा सहभागिता र समर्थन नेपालले सुरुवाती दिनमै जनाएको बताए ।
‘हामी बेल्ट एन्ड रोड इनिसिएटिभलाई विशुद्ध सहयोगी प्रयासको रूपमा हेर्छौ, जसले नेपालजस्ता देशहरूको आधुनिकीकरण प्रक्रियालाई गति दिन सहयोगी भूमिका खेल्छ । नेपाल बीआरआईमा समर्थन र सहभागिता जनाउने सुरुवातकै देश हो र हामीले यसमा सहभागिता जनाएको झन्डै एक दशक भइसकेको छ’, अध्यक्ष नेपालको भनाइ छ ।
बीरआरआइमार्फत नेपाललाई भूपरिवेष्टित राष्ट्रबाट भूजडित राष्ट्रको रूपमा नयाँ परिभाषा निर्माण गर्न, लिष्ट डेभलप कन्ट्रीबाट ग्र्याजुएसन हुन र दिगो विकाससहित कृषि तथा उद्योगको पावर हाउस बन्दै पर्यटकहरूको गन्तव्य मुलुकको रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास रहेको नेपालको भनाइ छ ।
उनले आगामी दिनमा बीआरआईअन्तर्गत प्रस्तावित परियोजनाहरूलाई मूर्त रूप दिन र थप परियोजनाहरू निर्माण गरी कार्यान्वयन गर्न नेपालले चाहेको भन्दै बेल्ट एन्ड रोडसँगको नेपालको सहकार्यले ज्ञान र प्रविधिको आदान प्रदान एवम् पूर्वाधार र विकास परियोजनाहरूमा फलदायी नतिजा प्राप्त हुने अपेक्षा रहेको बताएका छन् ।
‘वी.आर.आई. अन्तर्गत प्रस्तावित परियोजनाहरूलाई मूर्तरूप दिन र थप परियोजनाहरू निर्माण गरी कार्यान्वयन गर्न चाहन्छौँ’, नेपालले सम्बोधनका क्रममा भनेका छन्, ‘हामी कुनै पनि देशबाट विभिन्न उद्देश्यका साथ आउने सैन्य–सम्बन्धित सहयोग, हाम्रा छिमेकी विरुद्ध हामीलाई प्रयोग गर्ने रणनीति र भू–राजनीतिक प्रतिस्पर्धाको विपक्षमा छौँ ।’
पूर्णपाठ :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण