स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि मेडिकल टेन्टबाट सेवा
जाजरकोट । भूकम्पले स्वास्थ्य चौकी क्षतिग्रस्त भएपछि मेडिकल टेन्टबाट सेवा प्रवाह दिन थालिएको छ । विनाशकारी भूकम्पले स्वास्थ्य संस्थाका भवन क्षतिग्रस्त भएपछि मेडिकल टेन्टबाट सेवा प्रवाह गर्न थालिएको हो ।
कातिक १७ गते मध्यरातमा गएको भूकम्पले जाजरकोट अस्पताल, बारेकोट, कुशे, भेरी, नलगाड, जुनीचाँदे लगायतका स्थानमा रहेका स्वास्थ्य चौकी भवन क्षतिग्रस्त भएका छन् । भूकम्पले स्वास्थ्य चौकीका भवन क्षतिग्रस्त भएपछि सामान्य, जटिल रोगका विरामी ,गर्भवती, सुत्केरी महिला समस्यामा परेका छन् ।
बारेकोट गाँउपालिकाको प्रशासनिक केन्द्र लिम्स प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर पूर्ण रुपमा क्षतिग्रत भएपछि प्रसुति सेवा टेन्टबाट दिन थालिएको छ । स्वास्थ्य चौकी, अस्पतालका भवन पूर्ण रुपले क्षतिग्रस्त भएपछि सवै सेवा टेन्टबाट दिन थालिएको बारेकोट गाँउपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर रोकायले जानकारी दिए । सो मेडिकल टेन्ट युनिसेफले उपलव्ध गराएको हो ।
जाजरकोट अस्पतालका फोकल पर्सन कृष्णबहादुर खत्रीका अनुसार जाजरकोट अस्पतालका ८,नलगाड नगरपालिकामा रहेको दल्ली अस्पताल ३, बारेकोट लिम्सा स्थित प्रस्तावित आधारभूत अस्पताल सहित बर्थिङ सेन्टर,कुशे गाँउपालिकामा ५ वटा गरी १७ बटा भवन र शौचायल पूर्ण क्षतिग्रस्त भएका छन् ।
भेरी नगरपालिकामा ८, नलगाड नगरपालिकामा ५, शिवालय गाउँपालिकामा ३ ,छेडागाडमा ५, बारेकोटमा ४ वटा कुशे गाँउपालिकामा १३, जुनीचादे गाँउपालिकाम ११ वट गरी ६० वटा भवन आंशिक क्षति भएको खत्रीले जानकारी दिए ।
बारेकोट गाँउपालिका स्थित प्रस्तावित आधारभुुत अस्पतालले त्रिपालबाट सुत्केरी सेवा दिएको छ । बर्थिङ् सेन्टर क्षतिग्रस्त भएपछि सुत्केरी सेवा त्रिपालबाट दिएको छ । बारेकोट गाँउपालिका ३ की सुनिता वस्तेत सुत्केरी व्यथा लागेर प्रस्तावित आधाभूत अस्पताल आउनु भएकी बस्नेतले टेन्टमै छोरीको जन्म दिएकी छन् । अन्नपूर्ण पोस्टमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण