आशिषले ल्याए तिहार गीत ‘झिलीमिली’
आइतबार, २६ कात्तिक २०८०, १० : ४०
काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ ।
गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ दिएका छन् । गीतमा गायक रायमाझीकै शब्द, संगीत र संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोमा सनम तामाङको छायाँकन, अर्जुन खड्काको सम्पादन छ । भिडियोको निर्देशन विजय मगरले गरेका हुन् ।
गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण