आशिषले ल्याए तिहार गीत ‘झिलीमिली’
आइतबार, २६ कात्तिक २०८०, १० : ४०
_37H8xAcpm0.jpg)
काठमाडौँ । तिहारको अवसर पारेर बजारमा तिहार गीत भित्रिने क्रम बढ्दो छ । यस्तैमा गायक आशिष रायमाझीको तिहार गीत ‘झिलीमिली’ सार्वजनिक भएको छ ।
गीतमा गायक रायमाझीलाई पवित्रा गुरुङ र गायिका नितु पुनले साथ दिएका छन् । गीतमा गायक रायमाझीकै शब्द, संगीत र संगीत संयोजन छ ।
गीतको भिडियो पनि बनेको छ । जसमा गायक रायमाझी, पवित्रा गुरुङ, नितु पुन, प्रजिना गुरुङ लगायतको अभिनय देख्न सकिन्छ ।
भिडियोमा सनम तामाङको छायाँकन, अर्जुन खड्काको सम्पादन छ । भिडियोको निर्देशन विजय मगरले गरेका हुन् ।
गायक रायमाझी ‘द भ्वाइस अफ नेपाल’ सिजन ४ मा टप १० मा पर्न सफल प्रतियोगी हुन् । यसअघि उनले ‘सपनीमा’, ‘मोहनी’, लगायत गीत ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमतिपत्र नलिई नापतौल यन्त्रको प्रयोग गर्ने एक हजार बढी व्यवसायीलाई कारबाही
-
सानो त्रुटिले मात्रै पनि निर्वाचनमा जनमत घट्ने अवस्था छ : मन्त्री पौडेल
-
शनिबार बिहानको आक्रमणमा इजरायलमा दुई जनाको मृत्यु
-
कति बन्यो त्रिवि क्रिकेट मैदान ?, तस्बिरहरू
-
सुनको सिक्री चोरी गरेको आरोपमा एक किशोर पक्राउ
-
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने