शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा दुई जना मृत फेला

मङ्गलबार, २८ कात्तिक २०८०, १९ : ०२
मङ्गलबार, २८ कात्तिक २०८०

बैतडी । बैतडीमा आज दुई जना मृत फेला परेका छन् । जिल्लाको मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र  डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् । 

सोमबार दिउँसो गाउँकोट भन्ने ठाउँमा कपडा सिलाउन जान्छु भनी हिँडेका ओझा आज बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए । 

मेलौली नगरपालिका–७ मङ्गराउ भन्ने स्थानमा सडकबाट करिब पाँच मिटर तल ओझाको शव फेला परेको प्रहरीले जनाएको छ । ओझा अपाङ्गता भएका व्यक्ति रहेको बुझिएको छ । ओझाको मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक केसीकै नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । 

यस्तै सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनी हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर दुई सय मिटर तल खसी मृतावस्थामा फेला परेका हुन् । ऐरको शव आज बिहान फेला परेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप