बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा रहेका नेपालीले यसरी मनाए भाइटिका

बिहीबार, ३० कात्तिक २०८०, ०६ : ४५
बिहीबार, ३० कात्तिक २०८०

वाशिंगटन डिसी । नेपालीहरुको दोश्रो ठूलो मुख्य चाड भाईटीका अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुले मनाएका छन् । नेपाल कै समय अनुसार  १०ः५१ मिनेटमा अमेरिकाका विभिन्न शहर तथा राज्यहरुमा टिका लगाईएको छ ।

नेपाली समुदायले उक्त समयलाई नै उत्तम साइत मान्दै सोही अनुसार टीका लगाएका छन् । चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिनको सन् २०२३ अर्थात् बिस २०८० को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । ammar 1

बुधबार कामको दिन भाइटिका परेकोले समय मिलाउन सक्ने नेपालीले बिदा लिई र बिदा नमिल्नेहरुले कामबाट फर्के पछि भाईटीका मनाएका छन् ।

अमेरिकामा दिदिबैनी नहुनेहरु दाजुभाईहरु केही नेपाल गएका छन् भने अमेरिकामा रहेका दाजुभाई भेट्न दशैँ र तिहारको लागि नेपालबाट पनि दिदिबहिनिहरु पनि अमेरिका आई दाजुभाईलाई टिका लगाई दिएका छन् ।

अमेरिकाको नागरिकता प्राप्त गरे पछि आफ्ना बुवाआमारदिदीबहिनीरदाजुभाई समेतलाई बोलाउन सकिने हुनाले अधिकांशका दाजुभाई दिदिबहिनि अमेरिकामा रहेको कारण धेरैले टीका समय मै लगाएका छन् ।

 saroj 6

नेपाली समुदायले चाडपर्वलाई नेपालमा जस्तै गरि काग तिहार देखि नै भाईटीका सम्म ५ दिन झिलीमिलि बनाएर नेपाल कै जस्तै गरि सामाग्री तयार गरि दाजुभाईलाई दिदि बहिनिले दिएका छन् ।

दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई दिएका छन् ।

टीका दिनभर लगाउन कुनै बाधा नरहेकोले समय अनुकुल पारेर काम बाट आएर साँझ देखि राती सम्म भाईटीका लगाईएको छ । अमेरिकामा विभिन्न राज्य तथा शहरहरुको समय कतै एक घण्टा ,कतै दुई घण्टा र कतै तीन घण्टाको समेत फरक भएकोले स्थानीय समय अनुसार नेपाली समुदायले भाईटीका मनाएका छन् । र ,सो क्रम अझै जारी रहेको छ ।

saroj 2

यस दिन कौडा खेल्दा शुभ हुने भएकोले कतै कौडा समेत खेलेका छन् भने मनोरंजनको लागि तास पनि खेलेका छन् । नेपालबाट सानोमा अमेरिका आएका तथा अमेरिकामा जन्मेका दोस्रो पुस्ताले ईसाईहरुको मुख्य क्रिसमस (ईसाई पर्व) थ्यांक्स गिभिंग (धन्यवाद दिवस)आदी बारेमा सानै देखि जानेका र बुझेका हुन्छन र उनीहरु मनाउने गर्छन ।

साथै यस्ता पर्वमा उनीहरुलाई संलग्न गराउदै नेपालीहरुका चाडपर्वको महत्व बारेमा जानकारी दिने र उनीहरुलाई अझ संलग्न गराउदै तिहार मनाउन अभिभावकहरुले ठूलो भूमिका निर्वाह गरेका छन् ।

ammr 3

बिगत केही बर्ष देखि नेपाली समुदायको पहिलो पुस्ताले देउसी भैलो खेल्दै अमेरिकामा खोलिएका नेपाली पाठशालाका बिधार्थीहरुलाई देउसी र भैलो समेत अमेरिकाका विभिन्न राज्य ,शहर ,टोल र गल्ली गल्लीहरुमा खेल्न प्रोत्साहन गरेका छन् ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्परा अनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री र गोदावरीलगायतका फूलका माला लगाई  दिएका छन् ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर,क़ाजु ,किसमिस ,मरमसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका दक्षिणा दिई सम्मान प्रकट गरेका छन् ।

saroj 4saroj 5rahul  2neelam karki
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप