वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
सारांश
- सडक विभागले सडक पूर्वाधार विकासका साथै वातावरणीय सन्तुलन र हरित प्रवर्द्धनलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
- विभागका महानिर्देशक डा. विजय जैसीले सडक निर्माण जलवायु अनुकूलन र हरित मार्ग निर्माणमा केन्द्रित रहेको र यसलाई देशभर विस्तार गरिने बताए।
- सडक डिभिजन काठमाडौँका प्रमुख सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरक मान्दै करिब २०० बिरुवा रोपण गरी वातावरणमैत्री सडक निर्माणको अभियान सुरु गरिएको जानकारी दिए।
काठमाडौँ । सडक विभागले सडक पूर्वाधार विकाससँगै वातावरणीय सन्तुलन र हरित प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ। विश्व वातावरण दिवसको अवसरमा काठमाडौँमा वृक्षारोपण कार्यक्रममा विभागका महानिर्देशक डा. विजय जैसीले यस्तो जानकारी दिएका हुन्।
महानिर्देशक डा. जैसीले विभागको जिम्मेवारी सडक निर्माणमा मात्र सीमित नरही जलवायु अनुकूलन (क्लाइमेट रेजिलेन्स) र हरित मार्ग निर्माणमा केन्द्रित रहेको बताए।
सडकका वरपर हरियाली प्रवर्द्धन गर्न विभागको आफ्नै कार्यविधि रहेको उल्लेख गर्दै उनले पछिल्लो समय विश्व बैंक र एसियाली विकास बैंक (एडिबी) जस्ता दातृ निकायहरूले पनि हरित सडकको अवधारणालाई महत्वका साथ अघि सारेको जानकारी दिए।
जैसीकाअनुसार काठमाडौँ उपत्यकामा मात्र नभई देशभर नै यस्ता वातावरणमैत्री सडक निर्माण र हरियाली प्रवर्द्धनका कार्यक्रमहरू विस्तार गरिनेछ।
महानिर्देशक जैसीले भने, ‘सडक विभागले केवल भौतिक पूर्वाधार मात्र बनाउने होइन, वातावरणलाई समेत ध्यान दिएर जलवायु अनुकूलनका आधारमा हरित मार्ग निर्माण गर्ने संस्कृतिलाई अघि बढाउँदै आएको छ । यो कार्यक्रमलाई हामीले एउटा ‘केस स्टडी’का रूपमा अघि बढाएका हौँ ।’
सडक डिभिजन काठमाडौँका प्रमुख एवं सिनियर डिभिजन इन्जिनियर सुवोधकुमार देवकोटाले विकास र वातावरणलाई परिपूरकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
विकास निर्माणका क्रममा वातावरण ओझेलमा पर्ने गरेको विगतको अभ्यासलाई सुधार्दै अबका प्रत्येक सडक आयोजनामा वातावरणमैत्री अवधारणा अनिवार्य रूपमा लागू गरिने उहाँको भनाइ छ । आज मात्रै काठमाडौँका सडकमा करिब २ सय बिरुवा रोपेको बताए।
डिभिजन प्रमुख देवकोटाले भने, ‘सडक निर्माण गर्दा विनाश मात्र हुन्छ भन्ने आम सन्देशलाई चिर्न हामीले वातावरणमैत्री सडक निर्माणको अभियान सुरु गरेका हौँ । यसै उपलक्ष्यमा आज हामीले करिब २०० बिरुवा रोपण गरेका छौँ र तिनको संरक्षणको जिम्मेवारी पनि लिएका छौँ।’
विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित यस कार्यक्रमले सडक पूर्वाधार र पर्यावरणबिच सन्तुलन कायम गर्दै दिगो विकासको लक्ष्य हासिल गर्न सघाउ पुग्ने विश्वास विभागले लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
-
‘सिनियर’ नेताहरूको सदस्यता स्वतः अद्यावधिक गरिने
-
नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाईं र धवलशमशेर राणाबिच ११ बुँदे सहमति
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण