पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
सारांश
- नेपाल पत्रकार महासङ्घले सूचना र विज्ञापनसम्बन्धी सरकारी निर्णय खारेजी, प्रेसको हकको रक्षा र संविधान संशोधनका लागि दबाबमूलक आन्दोलन घोषणा गरेको छ ।
- महासङ्घले जेठ २५ देखि असार ५ गतेसम्म विभिन्न कार्यक्रमसहित आन्दोलन गर्ने जनाएको छ ।
- यसअघि पनि महासङ्घले सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र खारेजीको माग राख्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ ।
काठमाडौँ । नेपाल पत्रकार महासङ्घले दबाबमूलक आन्दोलनको घोषणा गरेको छ । शुक्रबार महासङ्घले एक विज्ञप्ति जारी गर्दै सूचना र विज्ञानपनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजी, प्रेसको संवैधानिक हकको रक्षाका साथै संसदबाटै सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल र सूचना उपभोगको सुनिश्चितताका लागि थप दबाबमूलक आन्दोलन घोषणा गरेको हो ।
महासङ्घले जेठ २५ गतेदेखि असार ५ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम तय गरेको हो । जसमा जेठ २५ गते बिहान महासङ्घका सबै संरचनाले सङ्कलन गरेको हस्ताक्षर सबै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाउने, जेठ २७ र २९ गते बिहान ११ बजेबाट १२ बजेसम्म सबै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने, असार १ र ३ गते ११ बजेबाट १२ बजेसम्म महासङ्घका प्रदेश समितिको अगुवाइमा सबै मुख्यमन्त्री कार्यालयमा धर्ना दिन, असार ५ गते केन्द्रीय समितिको आयोजनामा पेसागत सङ्गठन र सरोकारवालासहित काठमाडौँ वृहत् ऐक्यबद्धता र्याली गर्ने रहेका छन् ।
महासङ्घ २०८२ साल चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै तहको सरकारी विज्ञापन र सूचनाबाट निजी सञ्चार माध्यामहरुलाई वञ्चित गर्ने विभेदकारी परिपत्र खारेजीको माग राखी चरणबद्ध आन्दोलनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण