युक्रेनले ईयुमा अनाज निर्यातका लागि ‘ड्राइ पोर्ट’ निर्माण गर्ने
कीभ । युक्रेनले युरोपेली संघ (ईयु) मा अन्न निर्यात बढाउन पश्चिमी जाकारपट्टिया क्षेत्रमा "सुक्खा बन्दरगाह" निर्माण गर्ने भएको छ ।
होरोन्डा गाउँमा बनाइने मल्टिमोडल लजिस्टिक हब, होरोन्डा प्लेटफर्म, इटालियन लगानीकर्ताहरूले कार्यान्वयनमा ल्याउने छन् । जाकरपट्टिया क्षेत्रीय राज्य प्रशासनले फेसबुकमा विज्ञप्ति जारी गर्दै यस बारे जनाकारी गराएको हो ।
"सुक्खा बन्दरगाह" मा गोदामहरू, अन्न र सूर्यमुखी तेलका लागि कन्टेनरहरूका साथै युक्रेनी ब्रोड-गेज रेलवेबाट युरोपेली न्यारो-गेज रेलवे लाइनहरूमा सामानहरू पुनः लोड गर्ने पूर्वाधार लगायतका संरचनाहरू निर्माण गरिनेछन् ।
ब्ल्याक सी अनाज सम्झौता निस्प्रभावी भएपछि कीभले वैकल्पिक मार्गहरू मार्फत आफ्नो देशमा उत्पादित अन्न र अन्य सामानहरूको निर्यात बढाउन विभिन्न प्रयास गरिरहेको छ।
युक्रेनले जुन ३० मा समाप्त भएको सन् २०२२-२०२३ मार्केटिङ वर्षमा करिब ५८ मिलियन टन अन्न र तैलीय पदार्थ निर्यात गरेको युक्रेनी ग्रेन एसोसिएसनले जनाएको छ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण