भूकम्प प्रभावित क्षेत्रमा माओवादी कर्णालीले तीन हजार बढी भोलेन्टियर खटाउने
आइतबार, ०३ मङ्सिर २०८०, ०९ : ०३
सुर्खेत । भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार एक सय भोलेन्टियर खटाउने भएको छ ।
शनिबार बसेको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको हो ।
माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् ।
केसीका अनुसार उक्त सङ्ख्या प्रदेशभित्रको मात्रै हो । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ । यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण