आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्रमा माओवादी कर्णालीले तीन हजार बढी भोलेन्टियर खटाउने

आइतबार, ०३ मङ्सिर २०८०, ०९ : ०३
आइतबार, ०३ मङ्सिर २०८०

सुर्खेत । भूकम्प प्रभावित क्षेत्रमा नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशले तीन हजार एक सय भोलेन्टियर खटाउने भएको छ । 

शनिबार बसेको कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो ।  यसअघिको बैठकले २१ सयसम्म खटाउने निर्णय गरे पनि शनिबारको बैठकले त्यसलाई परिमार्जन गरेको हो । 

माओवादी केन्द्रका प्रदेश अध्यक्ष विमला केसीका अनुसार प्रभावित क्षेत्रमा खटिनेहरूले अस्थायी आवास तथा पुनर्निर्माण कार्यमा सहयोग गर्नेछन् । 

केसीका अनुसार उक्त सङ्ख्या प्रदेशभित्रको मात्रै हो । प्रत्येक जिल्लाहरुबाट टोली प्रभावित क्षेत्रमा परिचालन गरिने छ । यद्यपि कसको नेतृत्वमा पठाउने भन्ने विषयमा अबको केही दिनमै टुङ्गो लाग्ने र तत्काल प्रभावित क्षेत्रमा भोलेन्टियरहरूलाई परिचालन गरिने निर्णय प्रदेश कमिटीले गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप