रौतहटबाट ४ थान अत्याधुनिक हतियार बरामद
काठमाडौँ । रौतहटबाट सशस्त्र प्रहरीले ४ थान अत्याधुनिक हतियार बरामद गरेको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले यमुनामाइ नगरपालिका –३ स्थित एक घर बाट ४ थान हतियार बरामद गरेको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
घटनास्थलबाट ९–एमएम पेस्तोल ३ थान, १३ थान गोली, म्याग्जिन ६ वटा र १ थान एयर गन बरामद गरिएको छ । यमुनामाई नगरपालिमा हतियार लुकाएर राखेको सुराकको आधारमा सशस्त्र प्रहरीले आइतबार त्यहाँ खानतलासी गरेको हो ।
बरामद हतियार मध्ये २ थान पेस्तोलमा युएस मेड, र एक थानमा मेड इन इन्डिया उल्लेख गरिएको छ । घटनास्थलमा शेख एजाज अहमदको नाममा जारी भएको नागरिता भेटिएको छ । हतियार बरामद पछि स्थानियले ढुङ्गामुढा गर्दा प्रस्तावित सीमा सुरक्षा गुल्म गौर र सुरक्षा बेश देबाहिको गाडिको सिसा फुटेको छ ।
सो क्षेत्रमा सशस्त्रले थप अप्रेसन जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण