आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
सामाजिक सञ्जाल निर्देशिका

अबदेखि फेक आइडीबाट कन्टेन्ट उत्पादन, कमेन्ट र सेयर गर्न नपाइने

सोमबार, ०४ मङ्सिर २०८०, १२ : १९
सोमबार, ०४ मङ्सिर २०८०

काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको हो ।

निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ । यस्तै, अबदेखि सामाजिक सञ्जालमा ‘फेक आइडी’ खोलेर कन्टेन्ट क्रियट समेत गर्न नपाउने र सेयर तथा कमेन्ट समेत गर्न नपाइने व्यवस्था निर्देशिकामा छ ।

निर्देशिकामा लेखिएको छ, ‘बेनामी वा छदमभेषी पहिचान (फेक आइडी), पेज वा समूह सिर्जना गरेर विषयवस्तु उत्पादन, सेयर वा अरूको विषयमा कमेन्ट गर्न पाइनेछैन ।’ यस्तै, व्यक्ति, समुदाय, जातजाति, लिङ्ग, धर्म, उमेर, वर्ग, पेसा, सम्प्रदाय, वैवाहिक अवस्था, पारिवारिक अवस्थामा प्रभाव पर्ने गरी समेत विषयवस्तु बनाउन नहुने व्यवस्था गरिएको छ ।

123SocialMediaGuidelines_page-0001SocialMediaGuidelines_page-0002SocialMediaGuidelines_page-0003SocialMediaGuidelines_page-0004SocialMediaGuidelines_page-0005SocialMediaGuidelines_page-0006SocialMediaGuidelines_page-0007SocialMediaGuidelines_page-0008SocialMediaGuidelines_page-0009

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप