गीतकार सरलाको ‘ए मेरो मनको राजा’ सार्वजनिक
काठमाडौँ । करिब साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रूपमा सक्रिय रहँदै आएकी साहित्यकार, गीतकार तथा सर्जक सरला श्रेष्ठको ५६ वटा गीतहरू मासिक पत्रिका ‘शारदा’मा प्रकाशित गरिएको छ ।
मंगलवार काठमाडौँमा आयोजित एक विशेष समारोहमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्व वल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार सङ्घका अध्यक्ष वसन्त वित्यासी थापा लगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपीमा रहेका गीतहरू समावेश ‘शारदा’ मासिक लोकार्पण गरे ।
समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषाङ्क प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।
समारोहमा ‘शारदा’ मासिक पत्रिकामा प्रकाशित एउटा ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रिमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको युगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले सङ्गीत दिएका छन् ।
भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेसनमा छायाङ्कन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण