शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा

बुधबार, ०६ मङ्सिर २०८०, १६ : ०२
बुधबार, ०६ मङ्सिर २०८०

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि  बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।

 यस्तै छिमेकी गाउँपालिका  गुल्मी दरबारले पनि भोली बिदा  दिने निर्णय गरेको हो । दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने भएकाले  बिदा दिएको बताए । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरू रेसुङ्गा आउने गर्दछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप