गुल्मीका दुई स्थानीय तहमा बिहीबार सार्वजनिक बिदा
बुधबार, ०६ मङ्सिर २०८०, १६ : ०२
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकाले मङ्सिर ७ गते सार्वजनिक बिदा दिएका छन् । हरिबोधिनी एकादशी २०८० को अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकाले विगतमा झैँ यस वर्ष पनि बिदा दिइएको रेसुङ्गा नगरपालिकाले जनाएको छ ।
यस्तै छिमेकी गाउँपालिका गुल्मी दरबारले पनि भोली बिदा दिने निर्णय गरेको हो । दरबार गाउँपालिका अध्यक्ष सरोज कुमार थापाले हरिबोधिनी एकादशीको दिन गुल्मीको रेसुङ्गामा विशेष मेला लाग्ने भएकाले बिदा दिएको बताए । मेला हेर्न जिल्लाका विभिन्न स्थान सहित छिमेकी जिल्लाका मानिसहरू रेसुङ्गा आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण