शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आम जनता पार्टीद्वारा स्थायी कमिटी बैठक आह्वान

बुधबार, ०६ मङ्सिर २०८०, १६ : १९
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले स्थायी कमिटीको बैठक आह्वान गरेको छ।  पछिल्लो विकसित राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल र आवश्यक निर्णय लिन आजपाले मंसिर ११ गते पार्टी कार्यालय कोटेश्वरमा बैठक आह्वान गरेको हो । 

अध्यक्ष साहले देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको  र राजनीतिक अस्थिरता कायमै रहेको दाबी गरे । सरकार–सरकारबिच द्वन्द्वको अवस्था रहँदा जनता  भने निराश रहेको उनको भनाइ छ । प्रमुख पार्टीका नेताहरू अनिर्णयको बन्दी भई खुलेआम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै उनले देशको आर्थिक अवस्था दयनीय अवस्थामा पुगेको जिकिर गरे । 

 बजारमा पैसाको हाहाकार छ । एकातिर देशबाट बर्सेनि खर्बौं पुँजी वर्तमान संकटको प्रमुख कारण विद्यमान शासन व्यवस्था र मुख्यतः दलतन्त्र भएको उल्लेख गर्दै साहले यसको विकल्प खोज्न जरुरी भैसकेको बताए । यी र यस्ता संकटको समीक्षा तथा वर्तमान व्यवस्था र नेतृत्वको विकल्पबारे पार्टीको आधिकारिक धारणा तथा ठोस योजना निर्माणको लागि बैठक आह्वान गरिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप