मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राप्त व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरु सचेत हुनुपर्छ : नेता सिंह

बुधबार, ०६ मङ्सिर २०८०, १६ : २४
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताएका छन् । 

बुधबार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले यस्तो बताएका हुन् । उनले अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए । 

नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले बिर्सन नहुने बताए । उनले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गरे । उनले कसैले कुनै ठाउँबाट आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताए ।

नेता सिंहले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रत्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप