सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्छ : अध्यक्ष यादव

बुधबार, ०६ मङ्सिर २०८०, २१ : १६
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले जनताको शैक्षिक र आर्थिकस्तरका आधारमा समावेशी आरक्षणको मापदण्ड तोक्नुपर्ने सुझाव दिएका छन् । 

देशमा समावेशीकरण र आरक्षणको मापदण्ड र यसको उपभोग त्रुटिपूर्ण रहेको टिप्पणी गर्दै नेता यादवले हालको मापदण्डलाई परिमार्जन गर्नुपर्नेमा जोड दिए ।  राष्ट्रिय समावेशी आयोगले आज ललितपुरमा आयोजना गरेको छलफलमा अध्यक्ष यादवले सीमान्तकृत वर्गभित्रकै हुनेखाने चतुर व्यक्तिले आरक्षणको दुरुपयोग गर्दै आएकोे टिप्पणी गरे ।

काठमाडौँमा घर भएका, व्यापार व्यवसायमा जमेका, आर्थिक एवं शैक्षिकरुपले बलियो भएका व्यक्ति नै सबैभन्दा बढी आरक्षणको दुरुपयोग गरेको नेता यादवले बताए । भाषा, धर्म र जातिलाई आधार मानेर अल्पसङ्ख्यकको परिभाषा र मापदण्ड तोक्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप