बेलायतमा पूर्वधावक लामा सम्मानित
काठमाडौँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबिच इलाम समाज बेलायतले सम्मान गरेको हो ।
समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौँ गीतिमय साँझबाट सङ्कलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरूप लामालाई प्रदान गरिएको हो ।
लामाले सम्मान बापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरूलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।
लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौँ र दसौँ स्थान हासिल गरेका थिए । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औँ संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण