शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा पूर्वधावक लामा सम्मानित

बिहीबार, ०७ मङ्सिर २०८०, १३ : ४६
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । पूर्व धावक एवं गीतकार बुद्धवीर लामा बेलायतमा नगदसहित सम्मानित भएका छन् । नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै लामालाई बेलायतको अल्डर्सटमा आयोजित एक कार्यक्रमबिच इलाम समाज बेलायतले सम्मान गरेको हो ।

समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) नगदसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । अल्डर्सटमा लामाकै नाममा भएको बुद्धवीर लामा बाह्रौँ गीतिमय साँझबाट सङ्कलित रकम मध्येबाट खर्च कटाएर बचेको रकम सम्मान स्वरूप लामालाई प्रदान गरिएको हो ।

लामाले सम्मान बापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथालय, वृद्धाश्रम र अपाङ्ग केन्द्रलाई पनि सहयोग गर्ने बताए । यसअघि पनि उनले जुम्लाका धावकहरूलाई टिसर्ट र खेल सामाग्री सहयोग गरेका थिए ।

लामाले ताइवान र जापानमा भएको एसियाली भेट्रान एथलेटिक्सको ५ हजार मिटर दौडमा क्रमशः छैटौँ र दसौँ स्थान हासिल गरेका थिए । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औँ संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप