मेनुका पौडेलको पाउ छुँदै रणवीरले मागे आशीर्वाद, भने, ‘गायनकी देवी नम्बर २’

काठमाडौँ । बलिउड अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको प्रशंसा गरेका छन् । इन्डियन आइडलको मञ्चमा फिल्म ‘एनिमल’ प्रचारका लागि पुगेका कपुरले उनको गायकीबाट प्रभावित हुँदै प्रशंसा गरेका हुन् ।
कार्यक्रममा प्रस्तुतिको क्रममा मेनुकाले रणवीरकै अघिल्लो फिल्म ‘अगर तुम साथ हो’ गाएकी थिइन् । उक्त गीत सुनेपछि मन्त्रमुग्ध हुँदै रणवीरले प्रशंसा गर्दै उनको पाउ छुँदै आशीर्वाद समेत मागे ।
‘मेनुका जी मेरो नाम रणवीर हो । म तपाईसँग आशीर्वाद लिन चाहन्छु’ उनले भने, ‘श्रेयाजीलाई देवी भन्छौँ । देवी नम्बर २ हाम्रो साथमा साक्षात् रूपमा उपस्थित हुनुहुन्छ ।’
कार्यक्रममा रणवीरसँग अभिनेत्री रश्मिका मन्दाना पनि सहभागी थिइन् । कार्यक्रममा रणवीरसँगै स्टेजमै चढेर रश्मिकाले पनि सम्मान दर्साएकी थिइन् । उक्त अवसरमा रणवीरले मेनुकाको लागि भोट पनि मागेका थिए ।
मेनुकाले इन्डियन आइडलका कारण पछिल्लो समय चर्चामा छिन् । यस अगाडि निर्देशक महेश भट्टले पनि उनको प्रशंसा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त