बाराका डिभिजन वन प्रमुख सिंह सम्मानित
आइतबार, १० मङ्सिर २०८०, १३ : ५३

बारा । नेपाल वन प्राविधिक संघले डिभिजन वन कार्यालयका प्रमुख विनोद सिंहलाई सम्मान गरेको छ ।
वन संरक्षण र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै वन प्राविधिक संघले शनिवार सिंहलाई सम्मानित गरेको हो । सिंह करिब डेढ वर्षदेखि बारामा डिभिजन वन अधिकृतको भूमिका छन् ।
बारा, महोत्तरी र रौतहटमा अतिक्रमणमा भएको वन क्षेत्रको जग्गा संरक्षण गरेर वृक्षारोपण गर्ने, चोरी तस्करी नियन्त्रण, वातावरण र जैविक विविधता संरक्षण लगायत क्षेत्रमा सिंहले काम गर्दै आएका छन् ।
पछिल्लो समय सिंह मधेस प्रदेशको वन ऐन २०७७ को पहिलो संशोधन र प्रदेश वन नियमावली निर्माण समितिमा सदस्य समेत रहेका छन् । डिभिजन वन अधिकृत सिंहलाई काठमाडौँमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्मान प्रदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते