गायिका प्रीति कौरको प्रश्न : डिजर्भ नगर्ने कलाकारलाई भाइरल गर्ने को ?
काठमाडौँ । भारतीय चर्चित गायक अरिजित सिंह ‘लाइभ कन्सर्ट’ शनिबार चाबहिलस्थित हायात ग्राउन्ड आयोजना भयो । कन्सर्टमा १० हजारभन्दा बढी नेपाली दर्शकको उपस्थिति थियो । सर्वसाधारण मात्र होइन, नेपाली सेलिब्रेटीले पनि तछाडमछाड गर्दै कन्सर्ट हेरेका थिए ।
अरिजितको कन्सर्टमा देखिएको दर्शकको भिडलाई लिएर सामाजिक संजालमा यतिधेरै दर्शक नेपाली कलाकारले डिजर्भ गर्न सक्दैन भनने जस्ता विभिन्न ब्यङ्ग्य मूलक टिका टिप्पणी भइरहेको छ । त्यसरी टिप्पणी गर्नेमा संचारकर्मी समेत रहेका छन् ।
संचारकर्मीको समेत यस्तो टिप्पणी देखेपछि गायिका प्रीति कौरले डिजर्भ नगर्ने कलाकारलाई भाइरल गर्ने को भनेर उनीहरुमाथि नै प्रश्न गरेकी छन् । एउटा कम्फटेवल समूहमा बसेर आफूले चिनेका, जय हजुर गर्नेलाई मात्रै अवसर दिएर नेपाली संगीतलाई ग्रो गर्न नदिने भन्दै उनले आरोप समेत लगाएकी छन् ।
‘हामी पनि जान्छाँै । टिकट लिएर रमाइलो गर्छाै । आहा भन्छौ । अनि घरमा आएर फेसबुकमा आफ्नै कलाकारको बारेमा लैख्छौ’, उनले अगाडि भनेकी छन् ‘एकातिर तपाई राम्रो अर्को तिर को जान्छ पैसा तिरेर । पास छ भने जाउलानी भन्ने हामी नै हो हैन र ?’
उनी विदेशी आए भने पैसा खर्च गर्ने र नेपालीलाई तरकारी किने जस्तो गर्ने आयोजक तर्फपनि खनिएकी छन् । उनले भनेकी छन्, ‘आर्टिसलाई पैसा तिर्न सक्दैनौ भने कार्यक्रम गर्ने किन ?’
लेख्न मन त छैन तर एउटा संचारकर्मीको फेसबुक पोष्ट देखेर आफूलाई रोक्न सकिन।अरिजित सिंह एउटा अब्बल दर्जाको कलाकार(गायक) हुन त्यसमा कुनै शंका छैन,हिजोको कार्यक्रममा त्यत्रो सम्मान पाउनु,पर्फेक्ट साउन्ड र लाइट, व्यवस्थापन हुनु स्वभाविक हो।
— Pretty Kour (@Preeti349) November 26, 2023
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण