लुम्बिनीको स्वास्थ्य मन्त्रालयकै विद्युत लाइन काटियो
बुटवल । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय विद्युतविहीन भएको छ । नेपाल विद्युत प्राधिकरणले मन्त्रालयमा जडान भएको विद्युत लाइन काटिदिएको हो ।
स्वास्थ्य मन्त्रालयको नाममा बुटवलमा मिटर जडान भएको र त्यहाँको रकम भुक्तानी नभएपछि राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत कनेक्सन काटिएको नेपाल विद्युत प्राधिकरण लमही शाखाले जनाएको छ ।
कार्यालय प्रमुख युवराज रावतले बुटवलमा मन्त्रालयको नाममा जडान भएको विद्युतको बाँकी बक्यौता दुई लाख ७२ हजार दुई सय ६४ रुपैयाँ ४४ पैसा छ । सो रकम भुक्तानी गर्ने विषयमा मन्त्रालयले चासो नदिएपछि बाध्य भएर राप्ती उपत्यका देउखुरीमा रहेको मन्त्रालयको विद्युत लाइन काट्नु परेको कार्यालय प्रमुख रावतको भनाइ छ ।
मन्त्रालयमा मंसिर ५ गते नै विद्युत लाइन काटिएको हो । हालसम्म बिजुली जडान नहुँदा मन्त्रालयको कामकाज प्रभावित भएको छ ।
स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन शर्माले बिना जानकारी बिजुली काटिएको जिकिर गरे । उनले पत्र पठाउना साथ विद्युत काट्नु गलत भएको बताए । महसुल भुक्तानीका लागि प्रक्रिया थालिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण