बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सभामुखले संसदीय समितिका सभापतिसँग छलफल गर्ने

सोमबार, ११ मङ्सिर २०८०, ११ : १८
सोमबार, ११ मङ्सिर २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्ने भएका छन् । आज सोमबार साढे ११ बजे समितिका १० सभापतिहरुसँग सभामुखले छलफल गर्न लागेको सभामुखको निजी सचिवालयले जनाएको छ । सिंहदरवारस्थित कानुन समितिको सभाकक्षमा छलफल राखिएको छ ।

संसदीय समितिहरुलाई कसरी प्रभावकारी बनाउने ? समितिमा आएका विधेयकहरु कसरी अघि बढाउने र राष्ट्रिय सरोकारका विषयहरुमा हुने छलफल कसरी गहन बनाउने भन्ने विषयमा छलफल हुने सभामुखको सचिवालयले जनाएको छ ।

पछिल्ला दिनमा समितिमा कतिपय विषयमा गरिने छलफलमा समेत क्षेत्राधिकार विवाद समेत हुँदै आएकोमा त्यसबारे समेत छलफल गरिने बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप