नविनको लाइभ गीतमा नाचेँ भैरहवामा दर्शक
काठमाडौंँ । ‘लेउ खुकुरी लेउ जनता लेउ खुकुरी लेउ, भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ।’ हातमा माइक लिएर लोकगायक नविन पौडेलले स्टेज के चढेका थिए रुपन्देही सैनामैना बस्ने ८६ वर्षीय ज्ञानधरि अर्याल स्टेजमै नाच्न पुगिन् ।
गायक पौडेलेको अहिलेको परिस्थितिसँग मिल्दो यो गीतमा उनी मात्र होइन उमेर धेरै भएका नाच्ने अन्य पनि थिए । उनीहरुको मुखबाट गायक पौडेलसँगै गीत निस्कन्थ्यो ‘भ्रष्टाचारि जति लाई पुर्याइदिउँ छेउ’ ।
देशमा भएको भ्रष्टाचारको विषयमा जनतालाई जागरुप गराउने यो गीत पौडेलले पछिल्लो समय धेरै कार्यक्रममा गाउने गरेका छन् । उनको यो गीतले युवादेखि बृद्धसम्मलाई जुरुक्क जुरुक्क पार्ने गरेको छ । भैरहवामा जारी छैटौं प्रादेशिक महोत्सवमा मंगलबार नविनले यो गीतको अलवा आफ्ना केही लोकप्रिय गीत मार्फत दर्शकलाई छमछम नचाएका थिए ।
कार्यक्रममा स्थानीय कलाकार अफ्सर अलि, उज्वल गिरी, रितु थापा, सरस्वती थारु, रेनु राना, बबिता धिताल लगायतको गायन तथा नृत्य प्रस्तुति रहेको कार्यक्रममा गायक कमल खत्रीले गीत गाएका थिए ।
‘लेउ खुकुरी लेउ’ गायक नविनको पछिल्लो हिट गीत हो । यसको अलवा उनका ‘के सम्झनु छ र जान्न मत त्यो घर’, ‘हरेक जातजाति छौँ नानाथरी’, ‘फुलेको तोरीलाई हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो’, ‘सुदूरपश्चिम घर मेरो ओई सुवा सुदुरपश्चिम घर मेरो’, ‘दुःखका दिन गए’, ‘ श्रीनगर बतासे डाँडैमा’, ‘आजै भेट बटौली आको म परेँ पाल्पाको’ लगायतका दर्जनौँ गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
-
रास्वपा चितवनको सभापतिमा खनाल निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण