शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

खेलकुदलाई सरकारले प्राथमिकता दिएको छ : मुख्यमन्त्री शाह

बुधबार, १३ मङ्सिर २०८०, १७ : ४२
बुधबार, १३ मङ्सिर २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारे ।

उनले भने, “खेलकुदका माध्यमबाट लागुऔषध  दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए ।

जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजयी हुनेलाई रु दुई लाख एक हजार र उपविजेतालाई रु एक लाख पाँच हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।  

 यस्तै सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार र  विभिन्न विधातर्फका उत्कृष्ट खेलाडीलाई जनही रु १५ हजारसमेत प्रदान गर्न लागिएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप