‘दयारानी’ को विदेश प्रदर्शन सेभेन सिजले गर्ने
काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भूमिका रहेको फिल्म हो ‘दयारानी’ । फिल्म अभिनेता अभिनेता माओत्से गुरुङले निर्देशन गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो ।
आगामी माघ २६ गतेबाट सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्मको सेभेन सिज इन्टरटेनमेन्टले अन्तराष्ट्रिय अधिकार खरिद गरेको छ । निर्माण कम्पनी बाँसुरी फिल्मस् र सेभेन सिज इन्टरटेनमेन्टबीच बुधबार अन्तर्राष्ट्रिय अधिकारको विषयमा सम्झौता भयो ।
दयाहाङ र दियाका अलावा विजय बराल, प्रमिशा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको समेत अभिनय रहेको फिल्म बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको हो । शैलेन्द्रध्वज कार्कीको छायांकन रहेको फिल्ममा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण छ ।
कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । फिल्म नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनी टिफल्क फिल्मस्ले वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण