अज्ञात समूहद्वारा मैथिली भाषा महाकवि विद्यापतिको सालिक तोडफोड

रौतहट । रौतहटको गौर नगरालिकास्थित महाकवि विद्यापतिको सालिक अज्ञात समूहले तोडफोड गरेको छ । महाकवी विद्यापति स्मारकको शालिकको टाउको फुटाएर अज्ञात समूहले त्यही रहेको पोखरीको पानीमा फालेको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिगएको टोलीले पोखरीको पानीमा विद्यापतिको टाउको भेटाएको छ । यस्ता गैरसमाजिक क्रियाकलाप गर्नेलाई कारबाहीको दायरामा ल्याउन स्थानीयले माग गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । महोत्तरीको हरदिया घर भएका उदयकान्त झाको व्यक्तिगत लगानीमा २०६४ साल तिर उक्त स्मारकसँगै सालिक निर्माण भएको थियो ।
को हुन् कवि विद्यापति ?
मैथिली भाषाका महाकवि विद्यापतिको जन्म वि.सं. १४०७ मा प्राचीन मिथिला र आधुनिक भारतको विहार प्रान्तको दरभंगा जिल्लाको विसफी भन्ने गाउँमा भएको थियो। कार्तिक धवल (शुक्ल) त्रयोदशीमा उनको जन्म भएको थियो। विद्यापति जन्मेको गाउँ विसफीमा प्रत्येक वर्ष विद्यापति स्मृति दिवस मनाइन्छ।
कवि कोकिल विद्यापतिलाई भारतको विहार, पश्चिम बंगाल प्रान्तका साथै नेपालले पनि आफ्नो देशको राष्ट्रिय विभूतिको रुपमा सम्मान दिँदै आएको छ । महाकवि विद्यापतिलाई बंगालीहरुले पनि आफ्नो कवि मान्छन्,।
विहार सरकारले सन् १९६६ देखि नै विद्यापतिको टिकट पनि चलनमा ल्याएको छ। हाम्रो देशमा पनि विद्यापतिको टिकट चलनमा केही अघि आएको हो। भारतको सरकारले मैथिली भाषालाई त्यहाँको संविधानको आठौं अनुसूचीमा उल्लेख गरी राष्ट्रभाषाको रुपमा मान्यता दिएको छ। हाम्रो देशमा राष्ट्रभाषा नेपालीपछि सर्वाधिक बोलिने दोस्रो भाषाको रुपमा मैथिली भाषाको स्थान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान
-
क्यानभासमा तान्त्रिक मिलारेपाको कथा