नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
सारांश
- सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको बताए।
- मन्त्रीले संविधान संशोधनबारे हल्ला भए पनि कुनै टुङ्गो नलागेको र कसैलाई हानि नगर्ने बताए।
- उनले समानुपातिक प्रणालीले सबैको प्रतिनिधित्व सुनिश्चित गरेको र धर्मनिरपेक्षता हटाउने विषयमा खबरदारी गर्नुपर्ने बताए।
- शेर्पा सङ्घका अध्यक्षले सङ्घमा सक्रिय सहभागिता बढेको र समुदायको हितमा काम गर्नुपर्ने बताए।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको संविधानले सबै जातिको अधिकारको सुनिश्चित गरेको बताएका छन् । आज यहाँ नेपाल शेर्पा सङ्घ बागमती प्रदेशको दोस्रो अधिवेशनमा मन्त्री गुरुङले संविधान संशोधन गर्ने भनिए पनि बाहिर हल्ला भएजस्तो कुनै पनि विषयमा टुङगो नलागेको बताए ।
मन्त्री गुरुङले भने, ‘संविधान संशोधन गर्ने भनेका छौँ तर कुनै समुदायलाई हानी गर्ने किसिमले त्यो गरिँदैन, गरिनुहुँदैन । संविधानसभामार्फत निर्माण भएको संविधानले जसरी सबै जातजाति र समुदायको भावनालाई समेटेको छ, त्यही नै कायम रहन्छ । केही राजावादीले गरिरहेको हल्लामा सत्यता छैन, उनीहरूले राजा ल्याएर एउटा धर्मको राज्य बनाउने सपना नदेख्दा हुन्छ ।’
उनले समानुपातिक प्रणालीकै कारण सबै जातजातिको प्रतिनिधित्वसुनिश्चित भएको भन्दै यो प्रावधानले राज्य सञ्चालनमा अस्थिरता ल्याएको भन्ने तर्क सही नरहेको धारणा राखे । ‘धर्मनिरपेक्षता हटाउने, निर्वाचन प्रणालीमा फेरबदल गर्ने जस्ता कुराका विषयमा खबरदारी गर्न सक्नुपर्छ । शेर्पा सङ्घ वा जनजाति महासङ्घले आफ्ना हकअधिकार खोसिन लागेको महसुस भएमा आवाज उठाउन सक्नुपर्छ, किनकि अहिलेको संविधानले सबैको अधिकारको सुनिश्चित गरेको छ’, मन्त्री गुरुङले भने ।
उनले शेर्पा समुदायले आफ्नो परम्परागत पेसासँगै अन्य क्षेत्रमासमेत आफ्नो उपस्थिति बढाउँदै लानुपर्नेमा जोड दिए । नेपाल शेर्पा सङ्घका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पाले पछिल्लो समय सङ्घमा सक्रिय सहभागिता बढिरहेको बताए । ‘हामीले वडा र गाउँबाट प्रतिनिधि पाएँका छौँ, विस्तारै राजनीतिक चेतना बढेको छ, तर सङ्घमा आउने पदाधिकारीले समुदायको हितमा काम गर्न सक्नुपर्छ’, उनले भने ।
कार्यक्रममा शेर्पा सङ्घका बागमती प्रदेश अध्यक्ष आङछिरी शेर्पाले अधिवेशनबाट सहमतिकै आधारमा बन्ने नयाँ समिति बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, पूर्वमन्त्री कृपासुर शेर्पा, पूर्वराजदूत लक्की शेर्पालगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण