विदेश पलायन रोक्न कन्दराको साङ्गीतिक अभियान, पोखरामा पुस २७ गते कन्सर्ट हुँदै
पोखरा । युवा बिदेसिने दर बढेपछि कन्दरा ब्यान्डले साङ्गीतिक अभियान मार्फत देशमै युवा रोक्न कन्सर्ट गर्ने भएको छ । पछिल्ला २० वर्ष गुमनाम रहेको कन्दरा विशेष अभियान साथ समर्थक माझ आउन लागेको हो ।
मङ्सिर १६ गते गर्ने भनिएको कार्यक्रम प्राविधिक कारणले पुस २७ गतेका लागि सारिएको हो । पोखरा प्रदर्शनी केन्द्रमा हुने कन्सर्टको तयारी तीव्र पारिएको छ । मुख्य भोकलिष्ट विवेक श्रेष्ठ विदेश पलायनलाई रोक्न आफूहरू अभियानमा रहेको बताउँछन् ।
‘देशमा केही छैन भन्ने निराशा फैलिएको छ । हामी यो कार्यक्रम मार्फत केही आशा जगाउन चाहन्छौँ,’ उनले भने, ‘पहिला देश अनि विदेश भन्ने धारणाले कार्यक्रम हुन लागेको हो ।’ उनी आफैँ पनि लामो समय अस्ट्रेलिया बसेर फर्किएका हुन् ।
‘युवाहरू बाध्यताले बिदेसिएका छन् । कतिपय लहैलहैमा गएका छन्,’ उनले भने, ‘के देशमा कुनै सम्भावना र विकल्प छैन त ? कतै हुँदाहुँदै पनि बिदेसिएका त हैनन् ? थोरै भए पनि युवालाई देशमा रोक्न सकिन्छ कि भनेर हामी आएका हौँ । म पनि विदेश भन्दा देशमै गर्न सकिन्छ भनेर साँधैका लागि फर्किएको हुँ । अबको समय देशमै बस्न प्रेरित गरेर बिताउँछु ।’
पोखरा कन्दराको होम टाउन हो । पोखराबाट सुरु हुने कन्सर्ट देशका सातै प्रदेशमा पुग्नेछ । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत सन्देश प्रवाह गर्ने लक्ष्यका साथ कार्यक्रम गरिएको हो । यसबाट आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ । पोखरामा पोखरा पर्यटन परिषद्को आयोजनामा कन्सर्ट हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
-
रास्वपा नवलपुरको नेतृत्वका लागि ६ जना चुनावी मैदानमा, प्रतिनिधि विवादले रोकियो मतदान
-
सुधन गुरुङको सम्पत्तिमा समितिले देखेन खोट
-
सडक अवरोध अपडेट : यी सडक खण्डहरू छन् पूर्ण रूपमा अवरोध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण