बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

पावर बैंक पड्केर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगलागी

आइतबार, १७ मङ्सिर २०८०, १३ : २७
आइतबार, १७ मङ्सिर २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । चिनियाँ नागरिक जियान जिङ्गले बोकेको ह्याण्ड ब्यागमा आगो लागेको विमानस्थल सुरक्षा कार्यालयका डीआईजी अर्जुन चन्द ठकुरीले रातोपाटीलाई बताए ।

जियान जिङ्ग एयर चाइनाको उडानबाट चीनको ताइफु जान लागेकी हुन् । स्टेरलाइज हलमा झोलामा रहेको पावर बैंक पड्केर आगो लागेको डीआईजी ठकुरीले जानकारी दिए । आगलागीबाट पावर बैंक र साथमा रहेको ल्यापटपमा क्षति पुगेको छ । घटनामा मानवीय क्षति भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप