कटहरियामा सडक ढलान गुणस्तरहीन भएको जनप्रतिनिधिको गुनासो

रौतहट । रौतहटको कटहरिया–५ मा सडक ढलानका क्रममा ठेकेदारले गुणस्तरहीन काम गरेको आरोप जनप्रतिनिधिले लगाएका छन् । आश्रय निर्माण सेवाले ठेक्का सकारेको उक्त योजनामा पेटी ठेकेदार उपेन्द्र बैठाले मापदण्ड विपरीत निर्माण सामग्री प्रयोग गरेको भन्दै वडा सदस्य वैद्यनाथ दासले निर्माण कार्यमा रोका लगाएका छन् ।
उनका अनुसार उक्त सडक ढलानमा ढुंगा, बालुवाको मात्रा बढी र सिमेन्ट कम प्रयोग गरेको पाइएपछि काममा रोक लगाइएको हो । रौतहटको कटहरिया र मौलापुर नगरपालिकामा मात्र आश्रयले सघन सहरी कार्यक्रम अन्तर्गत वीरगंजबाट १० करोडभन्दा बढीको ठेक्का सम्झौता गरेको छ ।
तर कटहरियादेखि मौलापुरसम्म सामान्य साधनस्रोत नभएका सानासाना ठेकदारमार्फत निर्माणको काम गराइरहेको स्थानीयवासीको आरोप छ । मौलापुर नगरपालिका–८, सोनरनियामा नाला निर्माणका लागि शहरी विकासबाट १० करोडको ठेक्का सकार गरेको आश्रयले आफैँले काम नगरी पेटी ठेकेदार राजा गुप्तालाई कामको जिम्मेवारी दिएको छ ।
नाला निर्माणका लागि दुई नम्बरी इँटाको प्रयोग भइरहेको स्थानीयवासी बताउँछन् । पूर्व वडाध्यक्ष बसन्त कुमार यादवले समेत यसबारे पटकपटक आवाज उठाएका छन् । कटहरियाको विभिन्न वडामा आश्रयले पेटी ठेकेदारमार्फत गराइरहेका काम मापदण्ड अनुसारको हुन नसकेको गुनासो स्थानीयस्तरमा व्यापक छ ।
सहरी विकास कार्यालय वीरगन्जका प्रमुख विनोद कुमार सिंहले मौलापुर र कटहरियामा भइरहेको कामको ल्याब टेस्ट गराउने र गलत ठहर भएमा कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे
-
वाईसीएलको काठमाडौँ महानगर अध्यक्षमा डा. शुभेच्छा श्रेष्ठ निर्वाचित
-
नेपालको संविधानले सबै जातिको अधिकार सुनिश्चित गरेको छ : मन्त्री गुरुङ
-
सुदूरपश्चिममा रेडियो पत्रकारका लागि दुई दिने प्रशिक्षण
-
काशीनाथ–हरिप्रिया कट्टेल वाङ्मय पुरस्कार प्रदान
-
क्यानभासमा तान्त्रिक मिलारेपाको कथा