मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

साउदीका विभिन्न ठाउँमा इ–पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गरिने

सोमबार, १८ मङ्सिर २०८०, १८ : १०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौं । साउदी अरबका विभिन्न स्थानमा इ–पासपोर्ट नवीकरण क्याम्पस सञ्चालन गरिने भएको छ । नेपाली कन्सुलेट जनरल जेद्दा साउदी अरबले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा नवीकरण क्याम्प सञ्चालन गर्न लागेको हो । मंसिर २२ गते (८ डिसेम्बर २०२३) मा ताबुक तथा सो वरपरका क्षेत्रका लागि इ–पासपोर्ट नवीकरण क्याम्प सञ्चालन गर्न लागिएको हो ।

इ–पासपोर्ट नवीकरणका लागि अनलाईन÷प्रि–इनरोलमेन्ट फाराम (फाराम भर्दा ३४ पानाको भर्नुपर्ने), सक्कल राहदानी र सोको प्रतिलिपि, नागरिकताको प्रतिलिपि (उपलब्ध भएमा सक्कल समेत) पेश गर्नुपर्नेछ ।

राहदानी नवीकरण दस्तुरका लागि २०० साउदी रिलय दस्तुर लाग्नेछ । हराएको÷बिग्रिएको÷च्यातिएको राहदानी नवीकरणका लागि भने ४०० साउदी रियल दस्तुर लाग्ने नेपाली कन्सुलेट जनरलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप