नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
काठमाडौँ । देशभरका ७ सय ५३ वटा स्थानीय तहमध्ये नौ वटाले अझैसम्म बजेट पेस गर्न सकेका छैनन् । बजेट पेस गर्न नसक्ने अधिकांश स्थानीय तह मधेस प्रदेशका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेस प्रदेशका ८ वटा र कोशी प्रदेशको एउटा स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस नगरेका हुन् । असार १० गते कार्यपालिकामा बजेट पेस गर्नुपर्ने र असार मसान्तभित्र पारित गरिसक्नुपर्ने प्रावधान छ । तर, मंसिरको दोस्रो हप्ता कटिसक्दा पनि ९ स्थानीय तहले बजेट पेस गरेका छैनन् ।
मन्त्रालयका अनुसार सप्तरीस्थित रुपनी गाउँपालिका, सिराहाको औरही गाउँपालिका, धनुषाको औरही गाउँपालिका, कमला नगरपालिका, सर्लाहीको चन्द्रनगर गाउँपालिका, रौतहटको गढीमाई नगरपालिका, रौतहटकै फतुवा विजयपुर नगरपालिका र कोशी प्रदेशको तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले वार्षिक बजेट नगरेका हुन् ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार बजेट समयमै पेस नगर्ने स्थानीय तहलाई के कारबाही गर्ने भन्नेबारे कानुनमा स्पष्ट व्यवस्था नभएकाले समस्या पैदा भएको छ । उनले भने, ‘संघ र प्रदेशले समयमा बजेट नल्याउँदा सरकारको कार्यक्षमतामाथि प्रश्न उठ्छ तर, स्थानीय तहले बजेट नल्याउँदा कारबाही गर्ने कुनै स्पष्ट कानुनी व्यवस्था छैन । यसलाई हदैसम्मको लापरबाहीसम्म भन्न मिल्छ ।’
बजेट नल्याउँदा सम्बन्धित स्थानीय तहमा थुप्रै बेरुजु देखिन्छ । महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन बनाउँदा बेरुजु देखाएपछि अख्तियारले केही स्थानीय तहलाई कारबाही गरेको उदाहरण छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण